Bhim Bahadur Thapa's Birthday 3काठमाडौ। जोशिला तथा कर्मठ बरिष्ठ कलाकार सेनानी भीमवहादुर थापा सोमवारवाट ९१ बर्ष पुगेका छन्। असार १३ गते जन्मदिन मनाउंदै आएका जोशिला कलाकार थापाको मैतिदेवी स्थित निवासमा पुगेर हांस्यअभिनेत्री दीपाश्री निरौलाले जन्मदिन मनाइदिएकी छन्।

कलाकार थापालाई विगत दुई दशकदेखि अभिनेत्री निरौलाले कर्मको पिता मान्दैआएकी छन्। पिताको जन्मदिनमा उत्सवको रुपमा आफूले लिने गरेको अभिनेत्री निरौलाले भनेकी छन्। कलाकार थापा पनि यो दीपा बाबु मेरै छोरी हुन भनेर गर्ब गर्न चुकेनन्। प्रत्येक बर्ष जस्तो दीपा छोरी आएर घरैमा जन्मदिन मनाउन आइदिदा आफू यो बर्षवाट ९१ बर्ष पुगेतापनि १९ बर्ष मात्र पुगेको अनुभव भएको प्रतिक्रिया दिएर कर्मकी छोरी दीपालाई दंगदास नै बनाएका छन्।

Bhim Bahadur Thapa's Birthday 1

दुई दशक अगाडि जनचेतनामूलक टेलिफिल्म देवीमा कलाकार थापाको छोरीको भूमिकामा अभिनेत्री निरौलाले अभिनय गरेदेखि निरौलाले थापालाई बुवा मान्दैआएकी थिइन्। निरौलाको लामो भागको सिरियल तितो सत्यमा पनि कलाकार थापाले निरौलाको बुवा भएरै अभिनय गरेका छन्।

Bhim Bahadur Thapa's Birthday 2हालसम्म ८६ वटा चलचित्र तथा ६५ वटा टेलिफिल्महरुमा अभिनय गरिसकेका थापाले ७० वटा भन्दा बढी विज्ञापनहरुमा समेत काम गरिसकेका छन्। तत्कालिन शाही नेपाली सेनामा सेनानी पदसम्म पुगेर रिटायर्ड बनेका थापाले शाही सेनाका रेडियो कार्यक्रममा सेनानी बनेरै धेरै नाटक पनि खेलेका थिए। ९१ बर्षको चढ्दो उमेरमा पनि अझै तकडा अभिनय गर्न सक्छु भनेर जोश देखाउने गरेका थापा अझै आफू जवान नै भएको भन्न चुक्दैनन्।
प्रकाशन मिति–२०७३ साल असार १३ गते सोमवार ।