काठमाडौं। माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको जनाएको छ।

‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको जनाएको हो।

१८ वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी,सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलको भनाई रहेको छ।

यस क्षेत्रबाट उद्धार गरिएकामध्ये भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला रहेका छन्। यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको छ।
प्रकाशन मिति–२०७६ साल पुस १७ गते विहीवार ।