Sher-Bahadur-Deuba
Sher-Bahadur-Deuba

काठमाडौ। नेपालको व्यवस्थापिका–संसद्ले आज मंगलवार नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित भएको छ। विसं.२०६३ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले नेपालको असक्षम प्रधानमन्त्री भनेर बरखास्त गरिएका शेरवहादुर देउवा नै अव नेपालको नयाँ प्रधानमन्त्री बनेका छन्। देउवा चौथो पटक प्रधानमन्त्री बनेका हुन्।

संसद्को मंगलवारको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित भएको हो । देउवाको विपक्षमा १७० मत परेको थियो। एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो।

हाल संसदमा कायम कुल ५९३ सांसद रहेकामा मंगलवारको मतदानमा ५५८ जनाले भाग लिएका थिए। नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए। नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा संयुक्त लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए।

देउवाको विपक्षमा नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतले मतदान गरेका थिए ।

Mr.Sher Bahadur Deuba–Presedent of Nepali Congress.
Mr.Sher Bahadur Deuba–New Prime Minister of Nepal

प्रकाशन मिति–२०७४ साल जेष्ठ २३ गते मंगलवार ।