काठमाडौ। चितवनको लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई सम्मान गर्ने भएको छ। चलचित्र क्षेत्रको विकास, प्रवद्धन र प्रचारमा निरन्तर सक्रिय लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई नगद रु.१० हजारसहित सम्मान गर्ने लागेको हो।

Chalchitra Patrakar Sangh

नेपालको सिने बजारको क्षेत्रमा चितवन शाखाले गरेको अतुलनिय योगदानको कदर गर्दै संघलाई सम्मान गर्न लागिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की“ले बताएका छन्। चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले लक्की मिडिया हाउसले गर्न लागेको यो सम्मानले चलचित्र क्षेत्रको विकासका लागि अझै केही गर्ने प्रेरणा मिलेको बताए।

Boy Friend

उक्त रकम आगामी चैत्र १४ गते चलचित्र “ब्वाइफ्रेण्ड“को विशेष शो गर्ने दिन हस्तान्तरण गरिने भएको छ। चलचित्र ब्वाइफ्रेण्डमा पुष्कर रेग्मी, महिमा सिल्वाल, सरोज खनाल, सोनम थापा, मञ्जु श्रेष्ठ, शुक बहादुर बम्जन, पवन खनाल लगायतका कलाकार रहेका छन् । सुर्य बुढाथोकीको प्रस्तुती रहेको छ । ब्वाइफ्रेण्डका निर्माता कृष्ण खनाल हुन भने निर्देशन मदन घिमिरेले गरेका छन्। चलचित्र ब्वाइफ्रेण्डको विशेष शो पनि लक्की मिडिया हाउसले नै गर्ने भएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन २२ गते आइतवार ।