Nepal Banda

काठमाडौ। भारतको नाकाबन्दीमा परेको नेपाल त्यसै बन्दमा परेको छ। यसो भएतापनि भारतीय नाकाबन्दीको विरोध गर्दै भोलि मंसिर १३ गते आइतबार नेपाल बन्द गर्ने निर्णय गरेको नेकपा माओवादी विप्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मौलिक रुपको नेपाल बन्द नाम दिएर नेपाल बन्दको घोषणा गरेको विप्लब माओवादीले भारतीय रबैया तथा सत्तासिन दल र शिर्षस्थ राजनीतिक पार्टीको नालायकीपनले नेपाली जनता भोक–भोकै बस्न बाँध्य बनेको एवम् बनाइएको विरोधमा मौलिक रुपको नेपाल बन्द गरिएको जनाएको छ।

Press Release Biplab-maoistनेपाली जनताको नाममा महाभूकम्पपछिको यो पहिलो नेपाल बन्दप्रति नेपाली जनता खासै खुशी देखिएको छैन्। बन्द समाधान नभइकन समस्या मात्र भएकोले यसप्रकारका बन्दले नेपाली जनता कदापि खुशी नहुने प्राय सवै नेपालीहरुको प्रतिक्रिया देखिएको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर १२ गते शनिवार ।