Nepal Banda 4काठमाडौ। नेपालमा भारतीय नाकाबन्दी विरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादीले आज आइतबार आव्हान गरेको नेपाल बन्दको विहानै देखि सामान्य असर परेको छ। सडकमा अघिल्ला दिनहरुमा भन्दा न्यून मात्रामा सवारी चलेको पाइएको छ।

इन्धनको अभावले त्यसैपनि नेपाल बन्द जस्तो देखिएको सडकमा बन्दले स्वभाविक रुपमा अझ कम सवारी चलेको देखिन्छ। अत्यावश्यक स्थानमा आतेजाते गर्नेहरुले मात्र सवारी चलाएको पाइएको छ। अरुले बन्द भनेर सकभर पैदल नै हिंडेर गन्तव्यतिर लागेको पाइएको छ।

Nepal Banda 5बन्दले पूर्वी नेपालका प्राय जिल्लालाई असर परेको छ। धरान, धनकुटा लगायतका पूर्वी नेपालका शहरहरु पूर्णतया बन्द भएको छ। बन्दको असर पोखरामा पनि परेको छ।

पोखरामा विहानै बन्द गर्न हिंडेका २० जना बन्दकर्तालाई पोखरामा पक्राउ गरेको माओवादी गण्डकी इन्चार्ज सावित्री दुरा आस्थाले पुष्टि गरेकी छन्। पोखरा प्रहरीले पक्राउ गरिएका सवैलाई बन्द खोलिएपछि रिहा गरिने भनेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर १३ गते आइतवार ।