काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवारको दशैं संवन्धी मार्मिक गीतको भिडियो रिलिज भएको छ।

परदेशीलाई दशैं न तिहार वोलको यस गीतमा गायिका सुनुवारलाई गायक पुष्कर सुनुवारले साथ दिएका छन्। युट्युब मार्फत विश्वव्यापी रिलिज भएको यस गीतको भिडियोमा गायिका सुनुवारका साथमा पुष्कर सुनुवार, जितेन बान्तवा र जुनु आलेमगरको बेजोड अभिनय रहेको छ।

केशव विश्वकर्माको शव्द तथा संगीत रहेको यस गीतको बोल अनुसार भिडियोमा परदेशीको पीडा अनि स्वदेशमा बसेको व्यथालाई मार्मिक ढंगवाट प्रस्तुत गरिएको छ।


प्रकाशन मिति–२०७५ साल असोज ३१ गते बुधवार ।