काठमाडौ । नेपालकी ख्यातिप्राप्त अर्गानिक गायिका पूजा सुनुवारले आफ्नो जातिको सुनुवार भाषाको गीत गाएर अर्को आयाम थपेकी छन्। नाम्सेवल नामक अर्गानिक गायिका सुनुवारको सुनुवार भाषाको गीत विश्वव्यापी एकसाथ रिलिज भएपछि उनी सुनुवार भाषाकी गायिकाको रुपमा पनि अंकित बनेकी हुन्।

केशव विश्वकर्माको छायांकन तथा निर्देशनमा निर्मित यस म्यूजिक भिडियोमा गायिका पूजा सुनुवारले मज्जाले बेजोड अभिनय गरेकी छन्। आफ्नो भाषाको गीतमा आफैले गाएर आफैले अभिनय गर्न पाउनुको गौरबता पनि गायिका सुनुवारलाई नै मिलेको छ।

यस हिसावले पनि आफूलाई अत्यन्त भाग्यमानी महशुश भैरहेको प्रतिक्रिया भिजन संसार डटकमलाई गायिका सुनुवारले दिएकी छन्। सुनुवारजातीको भाषा, धर्म, भेषभूषा, रहनसहन अनि उनीहरुकै लोकसंस्कृति झल्काउँने अत्यन्तै रोमाञ्चक शब्द रचना कृष्ण सुनुवारको रहेको छ। संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ।

“नाम्सेवल” को अडियो भिडियो मेलोडी नेपाल प्रोडक्शनमा तयार पारिएको हो। मोहन सुनुवारको सम्पादन रहेको यस भिडियोले सुनुवार जातीका परापूर्वकालदेखि चलिआएको आफ्नो रितीरिवाजलाई जगेर्ना गर्नुका साथै नयाँ पूस्तालाई समेत महत्वपूर्ण एक दस्तावेजको रुपमा सन्देश छाड्ने कार्य भएको छ।

प्रकाशन मिति–२०७५ साल पुस २८ गते शनिवार ।