–सुस्मिता थापा
लण्डन। बेलायतमा रहेकी गायिका अञ्जु श्रेष्ठको नयाँ गीत जाँदैछु रिलिज भएको छ। पूर्वीनेपालको ओखल्ढुंगामा जन्मेकी र राजविराजमा हुर्केकी गायिका श्रेष्ठको कर्मथलो यतिखेर बेलायत बनेको छ।

यिनै गायिका श्रेष्ठको गीत–रचनामा विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको हो। जसमा सुनिल राईको संगीत रहेको छ। गीतको भिडियो अत्यन्त मार्मिक रहेको छ। जसमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल र नायिका केकी अधिकारीको मन छुने अभिनय रहेको छ।

सानैदेखि गीत–संगीतमा अत्यन्त रुचि राख्ने गायिका श्रेष्ठ बेलायतमा डेन्टल नर्सको रुपमा कार्यरत रहेकी छन्। गीत लेखन तथा गायनको अलावा कथा, कविता लेख्ने र चित्र कोर्ने तथा नृत्य गर्ने गायिका श्रेष्ठमा थप रुचि रहेको पाइएको छ। सन् २०१७ मा आयोजित मिसेस नेपालको प्रतिस्पर्धामा एकल अभिनयमा नाटक प्रस्तुत गरेर प्रतिस्पर्धी १६ जनालाई पछि पार्दै मिसेस ट्यालेन्टको समेत अवार्ड हात पारेकी थिइन्। जसमा गायिका श्रेष्ठको आफ्नै लेखन तथा निर्देशन समेत रहेको थियो।

बेलायतको स्टेजमा श्रेष्ठव्दारा निर्देशित दुई नाटकको सफलतापूर्वक मञ्चन भैसकेको छ। पहिलो पहिलो गायिका श्रेष्ठलगायत मिसेस नेपाल यु के २०१७ को टीमले भक्तपुरमा रहेका मस्तिष्क पछ्याघात भएका बालबालिकाहरुको सहयोगार्थ र दोश्रो एनआरएन–युकेले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका सहयोगार्थ गरिएको ती दुवै नाटक दर्शकहरुले धेरै नै रुचाएको थियो।

सन् १९९३ मा पहिलो पटक हङ्कङमा श्रेष्ठको आफ्नै रचनामा गीत रेकर्ड भएको थियो। आफ्नो श्रीमान र बच्चा हरु बाट सधै सपोर्ट पाएकोले अघि बढ्न सजिलो भएको गायिका श्रेष्ठको भनाई रहेको छ।

आफ्नै रचनामा सन् २००६ मा बेलायत आउनु अघि गायिका श्रेष्ठले एउटा गीति एल्बम पनि सार्बजनिक गरेकी थिइन्। र उनको रचनाको गीत अरु विभिन्न गायक–गायिकाहरुले पनि गाइसकेका छन्। र अझै गाउने क्रम जारिरहेको छ।
र हालै बेलायत मा निर्मित चलचित्र एटीनमा पनि उनको रचनाको एउटा गीत रहेको छ। जुन गीतलाई चलचित्र एटीन हेर्ने सवैले रुचाएका छन्।

सन् २०१५ मा नेपालमा गएको भुइँचालोले दिएको दुःख अनि त्यसले दिएको पीडालाई लिएर बनाइएको नाटक समय दृश्य मा पनि गायिका श्रेष्ठले एक पिडितको जीवन्त अभिनय गरेर सबैको मन जितेकी थिइन्।

प्रकाशन मिति–२०७५ साल फागुन २७ गते सोमवार ।