काठमाडौं। विश्व रेकर्डका लागि एक मिनेटमा एक पछि अर्को गरेर एकसय भन्दा बढीलाई अंगालो मार्नु सामान्य कुरा भएपनि असामान्य मानिएको छ।

समित तिमिल्सिनाले विश्व रेकर्डका लागि १ सय १३ जनालाई अंगालो मारेका छन्। आइतबार आयोजित कार्यक्रममा काठमाडौंको तारकेश्वर नगरपालिका नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय मेधावी विधार्थी समित तिमिल्सिनाले एक मिनेटमा १ सय १३ जना आफ्ना विद्यालयका साथीहरुलाई अँगालो मारेका हुन् ।

नेपालका पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समितको सफलताको लागि सवैले शुभकामना व्यक्त गरेका थिए। यसरी यसअघि सन् २०१७ अक्टोबरमा अमेरिकाका जसोन राइटरले एक मिनेटमा ८६ जनालाई अंगालो मारेर विश्व रेकर्ड राखेका थिए। समितको यो रेकर्ड प्रमाणित राइटरको रेकर्डमा ब्रेक हुने भएको छ।

प्रकाशन मिति–२०७५ साल चैत्र ३ आइतवार ।