काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ। बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो।

यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन्। वर्षातयामको पूर्वसन्ध्यामा हावाहुरीका कारण धेरैले आवास समेत गुमाएकाले राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान
डंगोलले जानकारी दिए।

यसै हप्ताको आइतबार रातीको हावाहुरीले बाराको फेटा गाउँपालिका र पर्साको पर्सौनी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो। जेठो महानगरपालिका हुनुको काठमाडौं महानगरपालिकाले विपदको बेला राम्रो सहयोग गर्ने निर्णय भएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २२ गते शुक्रवार ।