काठमाडौं। नेपालभाषाको अग्रणी साप्ताहिक लहना साप्ताहिकले शनिवार स्थापनाको छैठौं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ। यस अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिदैआएका ६ जना पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

नगद १५ हजार सहितको लहना धर्म मोति पत्रकारिता सिरपा कान्तिपुर दैनिकका पत्रकार हिमेशरत्न बज्राचार्यलाई प्रदान गरिएको छ। नगद १० हजार सहितको लहना सुर–सम्मान पत्रकारिता पुरस्कार भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतलाई दिइएको छ।

त्यसैगरेर, नगद २० हजार २ सय २२ रुपैया सहितको लहना पंचवीर सिरपा पत्रकार लक्ष्मण नेवाःलाई प्रदान गरिएको छ। नगद १० हजार सहितको लहना मोहिनी सिरपा गोरखापत्र दैनिकका पत्रकार उपेश महर्जनलाई दिइएको छ।

नगद १० हजारकै लहना न्यू जेनिथ पत्रकारिता सिरपा नेपालमण्डल टेलिभिजनका पत्रकार अनुप शाक्यलाई प्रदान गरिएको छ। र नगद १० हजारकै लहना केशव–कृष्णबदन मातुभाषा पत्रकारिता सिरपा नेवाःअनलाइनका सम्पादक तथा प्रकाशक सुजीव बज्राचार्यलाई दिइएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरस्कृत ६ जना पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।

त्यसैगरेर, लहना विशेष सम्मानवाट कृष्णलाल महर्जन, च्याङ्बा लामा, राज्यलक्ष्मी बज्राचार्य, अन्जना ताम्राकार र मोतिशान्ति शाक्य सम्मानित गरिएको थियो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमखु आतिथ्यता तथा ३ नंबर प्रदेशका सांसद राजेश शाक्यको विशेष आतिथ्यता भएको भव्य कार्यक्रममा लहना साप्ताहिकका प्रकाशक नृपेन्द्रलाल श्रेष्ठ, सम्पादक जुजुमान महर्जन, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ, इमेज च्यानलका नेपालभाषा सम्पादक केके मानन्धर लगायतले लहना साप्ताहिकको आवश्यकता र महत्व अनि योगदानको चर्चा गरेका थिए।
प्रकाशन मिति–२०७६ साल बैशाख २८ गते शनिवार ।