काठमाडौं। नेपालभाषा चलचित्रका नंबरी नायिका आराध्यलक्ष्मी खड्गी चलचित्रको अलावा विभिन्न म्युजिक भिडियोहरुमा अत्यन्त व्यस्त बन्दैआएका छन्।

विशेषत फरक ढंगवाट फरक म्युजिक भिडियोहरुमा गजबले अभिनय गर्ने खुवी बोकेकी नंबरी नायिका आराध्यलक्ष्मी अभिनित पछिल्लो म्युजिक भिडियो ए भ्वासीम्ह भाजु रिलिज भएको छ।

पूर्णकाजी ज्यापु र सरस्वती मानन्धरको गायन रहेको ए भ्वासीम्ह भाजु बोलको गीतको भिडियोमा बेजोड नायिका बनेर गजबको अभिनय गर्ने कार्य आराध्यलक्ष्मीवाट भएको छ। जसमा चतुर नायकको भूमिकामा गायक पूर्णकाजी ज्यापु नै देखिएका छन्।

त्यसको अलावा आराध्यलक्ष्मी अभिनित विलकुलै नयाँ चलचित्र लिवाय धुंका पनि रिलिज हुने क्रममा रहेको छ। राजेशमान सिंह निर्देशित चलचित्र लिवाय धुंकामा आराध्यलक्ष्मीको लिडिङ रोल रहेको छ।

Now You are watchin Music Video of Nomber One Heroin of NepalBhasha Film.

प्रकाशन मिति–२०७६ साल जेठ १३ गते सोमवार ।