लण्डन। कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन्। बेलायती संचारमाध्यमहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको थियो। तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो।

अल इण्डिया न्यूज टेलिभिजनका अनुसार, ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ। प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ। राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन्।

राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी थिइनर । राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको समाचारमा जनाइएको छ।
यस समाचार संवन्धमा अल इण्डिया न्यूज टेलिभिजनले तयार पारेको यो रिपोर्ट–

https://www.youtube.com/watch?time_continue=11&v=PEtEvbZX1OQ
प्रकाशन मिति–२०७६ साल जेठ २७ गते सोमवार ।