काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स रहेको नेपाली चलचित्र पासवर्डको एक गीतको भिडियो रिलिज भएको छ। चलचित्र पासवर्डको आजको साम वोलको गीत भिडियो रिलिज भएको हो। ह्याप्पी डेज नामक चलचित्रवाट फिल्मी करियर बनाएका  नायक विक्रम जोशीको पछिल्लो चलचित्र हेल्लो जिन्दगी हो।

बेलायतमा बसोवास गर्ने नायक विक्रम जोशी चलचित्र पासवर्डमा नायकको रोलमा रहेका छन्। बलिउड अभिनेत्री सन्नी लियोनीसंग आइटम गीतमा अभिनय गर्दा बेग्लै मज्जा भएको प्रतिक्रिया नायक जोशीको रहेको छ। आफूलाई अभिनयमा सन्नी लियोनले राम्रो कोअपरेट गरेको भनाई नायक जोशीको रहेको छ।

चलचित्र पासवर्डको आजको साम वोलको गीतको कोरियोग्राफी बलिउड कोरियोग्राफर बिष्णु देभाले गरेका हुन्। विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा दुर्गा खरेलको स्वर छ। गीत लण्डनमा छायाँकन गरिएको हो । फिल्ममा बिक्रम जोशी (विक्की), अनुपविक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ।

निर्देशन सम्राट बस्नेतले गरेका हुन्।  हिरल जोशी र अमित बस्नेत यस चलचित्रका निर्माता हुन्। ५ करोडको लगानीमा निर्मित नेपाली चलचित्र पासवर्डको भदौ २७ गतेवाट रिलिज हुने भएको छ।

Now you are watching Nepali Film Password’s Item Song-

https://www.youtube.com/watch?v=TGNlBS9xXtI
प्रकाशन मिति–२०७६ साल जेठ ३१ गते शुक्रवार ।