काठमाडौंं। स्वस्थ रगत सबैका लागिू मूल नारासहित बिश्वव्यापी बिश्व रक्तदाता दिवसको आयोजना भएको छ। जून १४ का दिन नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजमा विशेष कार्यक्रम संपन्न भएको छ। काठमाडौंको बागबजार स्थित होटल हार्दिकको सभाभवनमा आयोजित कार्यक्रममा उक्त कार्यक्रम भएको हो।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा १८ बर्षको उमेरको जन्मोत्सवमा रक्तदान शुभारम्भ गर्ने युवाहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने युवाहरुमा परभस जः आचाजु,यचु राजबाहक,रोहण राजबाहक,अञ्जुली राजबाहक,दन्यू राजबाहक र तिलस्मी प्रजापति रहेका छन्।

नेपालका रेकर्डेट रक्तदाता तथा स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको १८ औं जन्मोत्सवदेखि रक्तदान गरौं भन्ने अवधारणा अनुरुप सम्मानितहरुले रक्तदान कार्यको शुभारम्भ गरेको कार्यक्रममा सगौरब उल्लेख गरिएको थियो। सोही कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको मुखपत्र रगतको बार्षिक अंक पनि विमोचन गर्ने कार्य भएको थियो। त्यसको अलावा कार्यक्रममा २० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेर कार्यक्रमको रौनकता बढाएका थिए।
प्रकाशन मिति–२०७६ साल जेठ ३२ गते शनिवार ।