काठमाडौं। मेलम्चीको पानीको सपना देखाएर पटक पटक चुनाव जित्ने नेताहरुले काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने सपना केवल सपना मात्र भैरहेको छ। उनीहरुको त्यो सपनामा अलमलिएर काकाकुल बन्दैगरेको काठमाडौं उपत्यकावासीले शनिवार विहान ११ बजे काठमाडौंको थापाथली चोकमा शान्तिपूर्ण विशाल -याली निकाले।

उक्त विशाल -यालीमा उपत्यकावासीको स्वतःस्फुर्त गजबको उपस्थिति रहेको पाइयो। सर्वसाधारणलाई मर्का नपर्ने गरेर शनिवारको विदाको दिन यसप्रकारको दबाबमूलक विशाल -याली गरिएको जानकारी पानी विज्ञ प्रकाश अमात्यले भिजन संसार डटकमलाई बताएका छन्। पानी देऊ सरकार उपत्यकावासीलाई जिउन देऊ भन्ने व्यापक नारा सहित विशाल -याली भएको थियो।

विशाल -यालीमा सरकारले मेलम्चीको झुठो आशा देखाई उपत्यकावासीलाई २० बर्षदेखि दुःख दिईरहेको आरोप लगाएका छन्। ९५ प्रतिशत मेलम्चीको काम सकेर पनि पानी वितरणमा गरेको ढिलाई प्रति प्रदर्शनकारी आक्रोश पोखेका थिए। उनीहरुले मेलम्चीको पानी छिठो वितरण गरिनु पर्ने, पानी वितरणमा लापरवाही नियन्त्रण गर्नुपर्ने माग गरेका थिए।

उनीहरुले खानेपानी समस्या सामाधान गर, पानी मन्त्री विनामगर बिना पानी उपत्यका नगर, पानी जसरी हुन्छ पिउन देउ, उपत्यकावासीलाई जिउन देउ, सक्छौ भने ६० दिनमा पानी देउ, होइन भने राजीनामा देउ लगायतका नारा लखिएको प्लेकार्डसहित नारावाजीमा शान्तिपूर्वक उत्रेका थिए।


प्रकाशन मिति–२०७६ साल जेठ ३२ गते शनिवार ।