काठमाडौं। नेपाली युवाहरुमा देशप्रतिको प्यासन हुनुपर्दछ। देशको लागि युवाको महत्व र आवश्यकता हुन्छ। तर, आम युवाहरु हिजोआज विदेशिनमा नै रमाइरहेको पाइन्छ। यो आवश्यकता नभइकन वांध्यता हो।

वांध्यताले युवाहरु अध्ययनका नाममा विदेशिन्छ। स्वदेशमा संभाव्यताको प्रचुर अभाव तथा विदेशमा संभाव्यताको व्यापकता भएको कारण पनि प्लस टु सकाएपछि अधिकांश विद्यार्थीहरु अध्ययनको नाममा विदेशिने गरेको यथार्थता भारतको सिक्किममा बीबीए अध्ययनरत नेपाली विद्यार्थी सलोनी शाहीले खुलासा गरेकी छन्।

प्लस टु सकाएपछि आम विद्यार्थीहरुको जस्तो अष्ट्रेलिया अध्ययनको गन्तव्य बनेन। छिमेकी मुलुक भारतको सिक्किम बन्यो। मावली दार्जिलिङ गएर अध्ययन गर्ने सोच पनि भएन। सिक्किममा नै गएर त्यहांको विश्वविद्यालयमा बीबीए अध्ययनको क्रममा त्यहांको राज्य सरकारले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई व्यावहारिक शिक्षाको अलावा रोजगारीको पनि व्यवस्था गरिदिएको कारण त्यहाँ अध्ययन गर्न आफूलाई कठिनाइं नभएको सलोनीको भनाई रहेको छ।

त्यस्तै व्यवस्था नेपालमा पनि भैदिएको भए, १ प्रतिशत विद्यार्थी पनि अध्ययनका नाममा विदेश नजाने दावी सलोनीको रहेको छ। सिक्किमवाट बीबीएको अध्ययन संपन्न गरेर नेपाल फर्केकी सलोनी डिग्री गर्न बेलायत जाने सोचमा रहेकी छन्। बेलायतमा अध्ययन गर्न चुनौति धेरै भएतापनि त्यहांको अवसरलाई ग्राप गर्न पनि आफू यतिखेर मेहनत गरिरहेको पनि सलोनीले भनेकी छन्। 

आफू सिक्किममा अध्ययन गरेर नेपाल फर्कदा आफूसंगै प्लस टु मा अध्ययन गर्दाका प्राय साथीहरु अष्ट्रेलिया पुगिसकेको र केही अमेरिका त कोही बेलायत गैसकेको कारण काठमाडौंमा आफू एक्लो जस्तो अनुभव भएकको तित्तता पनि सलोनीले सुनाएकी छन्।

अत्यन्त सकारात्मक सोचकी धनी सलोनी नेपाल बनाउने प्यासनमा नै रहेकी छन्। यद्यपि, केही बर्ष विदेश गएर त्यहाँको राम्रा कुरा सिकेर नेपाल बनाउने सोचमा रहेकी छन्। सलोनीलाई नेपाल आएर कुनै मन्त्री तथा प्रधानमन्त्री बन्नु छैन्। छ त नेपाल फर्केर विदेशमा जस्तै युवाहरुलाई रोजगार बनाउने र विदेशमा दुःख गरेर अध्ययन गर्न जान नपर्ने वातावरण मिलाउनु हो।

त्यसको लागि सवै युवाहरुले नयाँ सोच र खोजको विकास गर्न जरुरी भएको सलोनीले भनेकी छन्। त्यसमा राज्य र सत्ताधारीहरुले भिजन र मिसन नै बनाउनु पर्ने राय सलोनीको रहेको छ। काठमाडौंको पुतलीसडक स्थित सूर्य बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष तथा प्रवन्ध निर्देशक सुशील शाहीकी कान्छी सुपुत्री सलोनीको दिदी ओलिना पनि त्यस्तै सोचकी रहेकी छन्।

पिता सुशील शाही र माता गीता क्षेत्री पनि दुवै छोरीहरु आफ्ना सोच र विचारमा दृढ भएकोमा निक्कै गर्बित बनेका छन्। छोरीहरुको मल्टी ट्यालेन्टवाट पनि दुवै मक्ख परेका छन्। जेठी छोरी ओलिना सन् १९९४ को जुन महिनाको १९ का दिन विश्व वल्र्ड कप शुरुवातको दिन जन्मेको कारण ओलिना नाम राखेको र सन् १९९८ सेप्टेम्बर ४ का दिन लाइफ सलल बहिरहेको रमाइलो पलमा जन्मेको कारण कान्छी छोरीको नाम सलोनी राखेको जानकारी पूर्व नेपाली टाइकान्डोका राष्ट्रिय खेलाडी समेत रहेका सुशील शाहीले भनेका छन्।


प्रकाशन मिति–२०७६ साल असार १७ गते मंगलवार ।