काठमाडौं। ख्यातिप्राप्त अभिनेता पवन जोशीले लेखेको नेपालभाषाको भुतुमाली ब्वंथे ब्वल बोलको हिट गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ। नेपालकी अर्गानिक गायिका पूजा सुनुवार र गायक मचाराजा महर्जनको गायन उक्त गीतको म्युजिक भिडियो युट्युब च्यानल मार्फत विश्वव्यापी रिलिज भएको हो।

नेपालका ख्यातिप्राप्त अग्रज अभिनेता पवन जोशी र इभेन्ट म्यानेजमेन्टमा अग्रणी व्यक्तित्व स्वतन्त्र महर्जनको संयुक्त निर्देशनमा उक्त गीतको म्युजिक भिडियो निर्माण भएको हो। अनिल तुलाधरको संगीत रहेको छ।

ललितपुरको खोकनाको अत्यन्त सुन्दर रमणिय स्थानमा छायाँकन भएको उक्त गीतको म्युजिक भिडियोमा प्रेमा महर्जनको मेकअप तथा डान्स डाइरेक्सन रहेको छ भने रुक्साना महर्जन र राजेश नकर्मीको बेजोड अभिनय रहेको छ। गायिका पूजा सुनुवार र गायक मचाराजा महर्जनले पनि गीतको भिडियोमा फिचरिङ गरेका छन्। गीतको भिडियो बेजोड बनेको छ।

प्रकाशन मिति–२०७६ साल असार १८ गते बुधवार ।