काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयां हिट गीतको भिडियो रिलिज भएको छ। उस्ताद महर्जनको गायन तथा संगीत र शव्द रचना रहेको नेपालभाषाको नयाँ हिट गीतको भिडियो विश्वव्यापी रिलिज भएको हो।

वा दिल मैं वा वा बोलको मनछुने गजबको गीत हङकङवाटै रिलिज भएको छ। जसमा उस्ताद महर्जनलाई गायिका सोनम महर्जनले गायनमा साथ दिएकी छन्। ख्यातिप्राप्त म्युजिक एरेञ्जर हरिशरण सायमीको म्युजिक एरेञ्ज रहेको उक्त गीतको भिडियोमा रक्षा श्रेष्ठ र निरञ्जन प्रधानको बेजोड अभिनय रहेको छ।

हंगकंगमा नेपालका उस्ताद कृष्णभक्त महर्जन गायिका छोरी सोनम महर्जनका साथमा ।

निर्देशन सोनम पाख्रिनले गरेका हुन भने, छायाँकन राजेश महर्जन र निकेश महर्जनको रहेको छ। सम्पादन विजेश पौडेलले गरेका छन्। कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ। उस्ताद महर्जनको यो गीत हेरेपछि हङकङमा नै रहेका ख्यातिप्राप्त नेपाली गायक तथा विश्वप्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठले उस्ताद महर्जनले दिल खोलेर तारिफ गरेका छन्। मेरो अत्यन्त प्यारो भाइ कृष्णभक्त महर्जनले निक्कै मेहनतले यस गीतलाई तयार पारेको छ भनेर भिजन संसार डटकमलाई प्रतिक्रिया दिएका छन्।

हारमोनियम उस्ताद श्रेष्ठले तबलाका विश्वप्रसिद्ध नेपाली उस्ताद महर्जनले तबला बादनको अलावा गीत गायनमा पनि निक्कै फडको मारिसकेको जिकिर गरेका छन्। नेपालभाषा र नेपाली दुवै भाषामा उतिकै दख्खल गायक तथा संगीतकार रहेका उस्ताद महर्जनले यो गीत आफ्नो जीवन संगीनी दिलमाया महर्जनमा समर्पित भएर लेखेको बताएका छन्। अनि यस गीतको निर्माता पनि दिलमाया महर्जन नै रहेको खुलासा उस्ताद महर्जनले गरेका छन्।

प्रकाशन मिति–२०७६ साल असार १९ गते विहीवार ।