काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई हर्ट अटेक नभएको खुलासा भएको छ। नियमित स्वास्थ्य चेकअप गर्ने क्रममा विहीवार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएको हो।

उपमेयर श्रेष्ठकी सेक्युरिटी पर्सन पूनम महर्जन डंगोलका अनुसार, विहीवार सांझतिर काठमाडौं महानगरपालिका वडा नंबर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारका साथमा नियमति स्वास्थ्य चेकअपका क्रममा उपमेयर श्रेष्ठ नर्भिक अस्पताल पुगेकी हुन्। स्वास्थ्य जाँचका क्रममा छातिमा केही असहज महशुश भएको कारण डाक्टरको सल्लाह बमोजिम नर्भिक अस्पतालमा भर्ना भएकी हुन्।

शुक्रवार दिनभर उपमेयर श्रेष्ठको सेक्युरिटीमा रहेकी सेक्युरिटी पर्सन डंगोलले उपमेयर श्रेष्ठको स्वास्थ्य राम्रो भएको भनेकी छन्। संभवत आज शनिवार अस्पतालवाट डिस्चार्ज हुने जानकारी पनि डंगोलले दिएकी छन्।

यसैवीच विहीवार राति नै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नर्भिक अस्पताल पुगेर उपमेयर श्रेष्ठको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिएका थिए। उपमेयर श्रेष्ठका श्रीमान प्रकाश खड्गी पनि ठूलो त्यस्तो केही नभएको र नियमित स्वास्थ्य परीक्षण मात्र हो भनेका छन्। केही समययता उपमेयर श्रेष्ठको रक्तचाप अर्थात ब्लड प्रेसर अलि हाई हुंदैआएको छ। यसले गर्दा कामको चापको बेला स्वास्थ्यमा असहज हुने गरेको हो।

प्रकाशन मिति–२०७६ साल असार २१ गते शनिवार ।