काठमाडौं। भारतीय सिमानामा काँडेतार लगाउनु पर्दछ भनेर काँडेतार अभियानमा निरन्तर लाग्दैआएका राष्ट्रवादी नायक नवल खड्का एकदिन अवश्य पनि भारतीय सिमानामा काँडेतार लगाएरै छाड्ने सोचमा रहेका छन्। राष्ट्र र राष्ट्रियता बचाउन भारतीय सिमानामा काँडेतार अत्यन्त आवश्यक भएको जिकिर तथा ठहर नायक खड्काको रहेको छ।

हरेक बर्षजस्तो भारतले नेपालको सिमाना मिच्दैआएको कतिपय प्रमाणहरु दस्तावेजका रुपमा रहंदा रहंदैपनि नेपाल सरकार मौन रहेको आरोप नायक खड्काको रहेको छ। नेपाली भूमि भारतले मिच्दैल्याएको यथार्थवादी चलचित्र दशगजा निर्माण गरेर सचेत गराउने कार्य समेत नायक खड्कावाट भएको छ। यिनै नायक खड्काले भीमदत्तको जीवन कथामा चलचित्र भीमदत्त निर्माण गरेर भीमदत्त वितेको ६२ बर्षपछि चलचित्रको माध्यमवाट वीर शहीद घोषणा गराउन सफल भएका छन्।

जनयुद्ध सफल भएको लगतै चलचित्र आवाज निर्माण गरेर जनयुद्धको महत्व र आवश्यकता प्रकाश पार्ने खड्का नेपाल सरकारले १ अर्ब खर्च गरेर भारतीय आइफा अवार्ड गर्न खोजेकोमा त्यसको तिब्र विरोध गर्ने पहिलो चलचित्रकर्मीका रुपमा पनि देखिएका छन्। आइफा अवार्ड नेपालको लागि कुनैपनि हालतमा आवश्यक नभएको र नेपालको हितमा हुंदैनभएको जिकिर पनि खड्काको रहेको छ।

जनयुद्ध सफल भएको लगतै चलचित्र आवाज निर्माण गरेर जनयुद्धको महत्व र आवश्यकता प्रकाश पार्ने खड्का नेपाल सरकारले १ अर्ब खर्च गरेर भारतीय आइफा अवार्ड गर्न खोजेकोमा त्यसको तिब्र विरोध गर्ने पहिलो चलचित्रकर्मीका रुपमा पनि देखिएका छन्। आइफा अवार्ड नेपालको लागि कुनैपनि हालतमा आवश्यक नभएको र नेपालको हितमा हुंदैनभएको जिकिर पनि खड्काको रहेको छ।

पर्यटन प्रवद्र्धनका लागि नेपालमा भारतीय आइफा अवार्ड आवश्यक नभएको र नेपालको पर्यटन प्रवद्र्धनको लागि सीताको जन्मभूमि, भगवान बुद्धको पावन भूमि र विश्वको अग्लो शिखर सगरमाथा काफी रहेको दावी पनि खड्काको रहेको छ। आइफा अवार्ड नेपालमा भएमा नेपालको सुरक्षा नीतिमा अत्यन्त खतरा हुने आफूले थाहा पाएको र नेपालको सुरक्षा रणनीतिलाई पत्ता लगाउन पनि भारतले स्वार्थबशः नेपालमा आइफा अवार्ड गर्न लागेको आरोप पनि नायक खड्काको रहेको छ।

खड्काले आइफा अवार्ड नेपाली सेनाको मुख्यालय अगाडि २० दिन कार्यमा अवरोध हुनेगरी गर्न लागेको र सुरक्षाको नाममा पहिलो घेरामा नेपाली सेना र भित्री घेरामा भारतीय सेना राख्ने खतरनाक खेल भएको खुलासा पनि खड्काले गरेका छन्। यसले नेपाललाई भारतको प्रान्त बनाउन खोजेको स्पष्ट भएको भनाई पनि खड्काको रहेको छ। अर्कोतर्फ आइफा अवार्डमा कुनै विवाद भएमा नेपालको कानून नलाग्ने र उजुरी गर्नुपरेमा भारतको मुम्बई अदालतमा गर्नुपर्ने प्रक्रियागत नियम कानून आयोजक नेपालले मान्न खोजेको कुरावाट पनि नेपाल भारतको प्रान्त जस्तो नै देखिएको दावी नायक खड्काको रहेको छ।

खड्काले आइफा अवार्ड नेपाली सेनाको मुख्यालय अगाडि २० दिन कार्यमा अवरोध हुनेगरी गर्न लागेको र सुरक्षाको नाममा पहिलो घेरामा नेपाली सेना र भित्री घेरामा भारतीय सेना राख्ने खतरनाक खेल भएको खुलासा पनि खड्काले गरेका छन्। यसले नेपाललाई भारतको प्रान्त बनाउन खोजेको स्पष्ट भएको भनाई पनि खड्काको रहेको छ।

अर्कोतर्फ भारतवाट आउने फलफूल तथा तरकारीको विषादी परिक्षण गर्न ३ करोडको मेशिन खरिद गर्न आनाकानी गर्ने सरकारले आइफाको लागि १ अर्ब खर्च गर्न खोजेको नियतले पनि नेपाल भारतको प्रान्त जस्तो भएको आफूले आभास पाएको पनि खड्काले भनेका छन्। अर्कोतर्फ गुठी विधेयकवाट नेपाली संस्कृति तथा सम्पदामाथि हस्तक्षेप गर्न खोजेको र यो विधेयकलाई पूर्णरुपमा खारेज गर्नुपर्ने माग पनि नायक खड्काको रहेको छ।

त्यस्तैगरेर, मिडिया काउन्सिल विधेयक पनि सोच विचार नै नगरिकन ल्याउन खोज्नु दुई तिहाई सरकारको दम्भ हो भनेर नायक खड्काले भनेका छन्। एक पछि अर्को गरेर बहुमतको सरकारले गल्ती गर्दैजानु घमण्डको पराकाष्ठ भएको र यसले मुलुकलाई विदेशीको गुलाम बनाउन गरिएको चलखेल हो भनेर आक्रोश पोख्ने कार्य पनि नायक खड्कावाट भएको छ।
प्रकाशन मिति–२०७६ साल असार २२ गते आइतवार ।