काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुँगिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्ष भन्दा बढी समयपछि पूर्णता पाएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच भएको छलफलमा विशेष प्रदेश, केन्द्रीय आयोग, विभाग, सल्लाहाकार परिषद लगायतका सबै बिषयहरुमा सहमती जुटेको नेकपा स्रोतले जनाएको छ ।

आज मंगलवारको बैठकमा साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुँगो लागेको औपचारीक घोषणा गर्ने निर्णय समेत भएको छ । अध्यक्षद्धयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागिता रहेको थियो ।
प्रकाशन मिति–२०७६ साल असार ३१ गते मंगलवार ।