काठमाडौं। नेपालमा कुनैपनि प्रधानमन्त्रीले दुई कार्यकाल वाहेक प्रधानमन्त्री बन्ने र बनाउने वातावरण तयार पार्नु आवश्यक भएको छ। एकैजनाले धेरैपल्ट प्रधानमन्त्री बन्ने परम्परा तथा व्यवस्थाले नेपालको दिगो विकास नभएको ठहर युवा राजनीतिकर्मी युद्धविक्रम तामाङको जिकिर रहेको छ।

तत्कालिन नेकपा एमालेको जिल्ला कार्य समिति सदस्य तथा हाल नेकपाको सदस्य युद्धविक्रम तामाङले एक प्रधानमन्त्रीले दुई कार्यकाल वाहेक प्रधानमन्त्री बन्ने नदिने व्यवस्था भएमा मुलुकले परिवर्तन पाउने दावी गरेका छन्। एकैजना धेरैपल्ट प्रधानमन्त्री बन्ने र बनाउने नेपालको व्यवस्थाले नेपाललाई कमजोर बनाइरहेको र भ्रष्टाचारलाई मौलाउनको लागि प्रश्रय दिइरहेको ठहर पनि युद्धविक्रमको रहेको छ।

विशेषत नेपालमा संसदीय व्यवस्था भन्दा अमेरिकामा जस्तो राष्ट्रपति तथा प्रधानमन्त्री जनताले प्रत्यक्ष निर्वाचनको माध्यमवाट चुन्ने व्यवस्था गर्नु र गराउनु आवश्यकता भएको भनाई पनि युद्धविक्रमको रहेको छ। राष्ट्रपति तथा प्रधानमन्त्रीको जनतावाट प्रत्यक्ष निर्वाचनवाट चुन्न पाएमा निर्धक्क पाँच बर्ष चलाउन पाइने भएकोले धरमरको अस्थिर राजनीति नहुने तथा अडलबदलको शासन पनि नहुने जानकारी युद्धविक्रमको रहेको छ।

भिजन संसार डटकमसंगको कुराकानीमा सिन्धुपाल्चोक बाह्रबिसेका युवा नेता युद्धविक्रम राष्ट्रपति तथा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनको पक्षमा रहेका छन्। पुरानै सत्ताको अवशेषको रुपमा रहेको संसदीय व्यवस्था तथा संसदीय व्यवस्थावाट प्रधानमन्त्री चुन्ने पुरानै परम्परा कायम भएसम्म सरकार तथा नेपाली राजनीति स्थिर हुन नसक्ने ठोकुवा पनि युद्धविक्रमको रहेको छ।

दुई तिहाईको नेकपाको सरकार भएतापनि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अडलबदल पालै पालो प्रधानमन्त्री चलाउने आन्तरिक सहमतिले कुरा नमिलेमा पदच्यूत, अविश्वासको प्रस्ताव, महाअभियोग जस्ता कुराले प्रश्रय पाउने नकारात्मक स्थिति पैदा नहोला भन्न सकिन्न भनेर युद्धविक्रमले भनेका छन्।

केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिएमा प्रचण्डले माधव नेपाल, झलनाथ खनालहरुसंग मिलेर केपी शर्मा ओलीलाई पदच्यूत गर्न सक्ने खतरा सदा रहने उदाहरण भएकोले यस्ता खतरावाट मुक्त बन्नका लागि पनि प्रत्यक्ष जनतावाट निर्वाचित प्रधानमन्त्री आवश्यक भएको आफूले वकालत गर्दैआएको जानकारी युद्धविक्रमले दिएका छन्।

प्रत्यक्ष निर्वाचनवाट दुई कार्यकाल मात्र प्रधानमन्त्री र राष्ट्रपति बन्न पाउने प्रावधानवाट कुनै प्रधानमन्त्री तथा राष्ट्रपति सत्ताको भोगी नबन्ने र भ्रष्टचारी बन्ने नसक्ने, यदि भैहालेमा जेल हाल्ने प्रावधान हुनेभएवाट निश्चित रुपमा उनीहरुवाट यसप्रकारको कार्य नहुने ठहर युद्धविक्रमको रहेको छ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा दुई कार्यकाल पश्चात राजनीतिवाट टाढा भएर पूर्ववत जागिरमा फर्केको ताजा उदाहरण अत्यन्त सह्रानिय रहेको पनि युद्धविक्रमले औल्याए। नेपालमा पनि यस्तै होस् भन्ने युद्धविक्रमको चाहना र माग रहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन २ गते विहीवार ।