काठमाडौं। सिंगापुरमा आयोजित मिस एसिया प्यासिफिक लिट्टल प्रिन्सेसको विजेता ११ बर्षिया कृष्टिना खड्काको नेपालमा गौरबशाली सम्मान भएको छ।

लाइटस अफ होम नेपाल फाउण्डेसनको आयोजनामा काठमाडौंको दरवारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित समारोहमा नेपालको गौरब तथा शान बन्न सफल लिट्टल प्रिन्सेस कृष्टिना खड्काको सम्मान भएको हो।

सम्मान स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेशकुमार यादववाट भएको थियो। पूर्वमिस नेपाल सुगारिका केसीव्दारा संचालिन गौरबशाली सम्मान कार्यक्रममा कृष्टिना खड्काले नेपालको गौरबता राखेको कुरामा विविध क्षेत्रका व्यक्ति विशेषले दिल खोलेर प्रंशंशा तथा सम्मान व्यक्त गरेका थिए।

नेपालका टप इभेन्ट म्यानेजमेन्ट कंपनी इभेन्ट बेटर ग्यालेक्सी मार्फत सिंगापुरमा कृष्टिना खड्काले मिस एसिया प्यासिफिक लिट्टल प्रिन्सेसमा भाग लिएकी थिइन्।

जसमा चालिस राष्ट्रका प्रतियोगीहरुलाई उछन्नेर कृष्टिना खड्का सर्वोत्कृष्ट बनेको जानकारी इभेन्ट बेटर ग्यालेक्सीका सीईओ धिरज तण्डुकारले भिजन संसार डटकमलाई दिएका छन्। सीईओ तण्डुकारले यो नेपालको गौरबशाली गौरब तथा शान नै भएको बताएका छन्।
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।