काठमाडौं। नेपालको नंबर वान संगीत तथा नृत्यको विद्यालय साधना कला केन्द्रले पहिलो पल्ट महानायक राजेश हमालको विशेष कार्यक्रम गर्ने भएको छ।

महानायक राजेश हमालको सम्मान स्वरुप बृहत ट्रिव्युट मेगा स्टार राजेश हमाल Tribute to Mega Star Rajesh Hamal नामक कार्यक्रम साधना कला केन्द्रले गर्न लागेको हो। जसमा राजेश हमालले अभिनय गरेका एक से एक फिल्मका सुपरहिट 30 गीतलाई विभिन्न गायक–गायिकाहरुले प्रस्तुत गरिने आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले भिजन संसार डटकमलाई बताएका छन्।

मोक्तानका अनुसार, कार्यक्रममा भारतका मेगा स्टार गायिका साधना सरगम, गायक इन्द्रजीत मिजार आउने पक्का भैसकेको छ। विश्वविख्यात गायक उदितनारायण झा पनि आउने आफूलाई बचन दिएको मोक्तानको भनाई रहेको छ।

कार्यक्रममा महानायक राजेश हमाललाई नेपालका विभिन्न २० उत्कृष्ट संघ–संस्थाहरुले एकसाथ बृहत सम्मान पनि सोही समारोहमा गर्ने भएको छ। कार्यक्रमको आयोजना यही आउने असोज १२ गते आइतवार होटल सोल्टी क्राउन प्लाजामा हुने भएको छ।

https://www.youtube.com/watch?v=eHvqn4W6AL4&feature=share&fbclid=IwAR1RUT7UGXfM1E8EdoA-42PM3f8Ss5qdpkgG4cR6q3DDUAdt3qI3g-vtJoQ
प्रकाशन मिति–२०७६ साल भदौं २३ गते सोमवार ।