काठमाडौं। नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि चितवनमा अभिमुखीकरण तालिम संपन्न भएको छ। हात्ति, माउते र पर्यटकको आपसी संवन्धका विषयमा ५० भन्दा बढी हात्ति परिचालक माउतेहरुलाई चितवन राष्ट्रिय निकुञ्ज सौराहमा अभिमुखीकरण तालिम प्रदान गरिएको हो।

जेसिआई काठमाडौं लेडी तथा सौराह जेसिजको संयुक्त आयोजनामा अभिमुखीकरण तालिम भएको जानकारी सामाजिक अभियन्ता रिंकु बज्राचार्य श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्। श्रेष्ठका अनुसार, अभिमुखीकरण तालिममा नेपाल भ्रमण बर्ष २०२० लोगो अंकित पोशाक हात्ति परिचालक माउतेहरुलाई प्रदान गरिएको थियो।

जेसिआई नेपालका राष्ट्रिय अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० राष्ट्रिय पर्यटन प्रवद्र्धन अभियान मूल समितिका कार्यकारिणी सदस्य जेसिआई सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यता तथा रत्ननगर नगरपालिकाका मेयर नारायण वनको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो।

अभिमुखीकरण तालिममा डा.भिषण गजमेर, किरण राई, अमिर संग्रौला तथा जेसी शिवप्रसाद भुसालले तालिम प्रदान गरेका थिए। आयोजक जेसीआई काठमाडौं लेडीकी अध्यक्ष अर्चना श्रेष्ठ मुनंकर्मीले नेपाल भ्रमण बर्ष २००२० लाई सफल बनाउनको लागि काठमाडौं लेडी र सौराह जेसिज संलग्न हुन पाउनु गौरबताको विषय हो भनेकी छन्।
प्रकाशन मिति–२०७६ साल असोज १ गते बुधवार ।