काठमाडौं। हङकङमा नेपाली छोरी नामवाट सुविख्यात नेपाली गायिका सोनम महर्जनको नयाँ गीत रिलिज भएको छ। नेपालभाषामा सोनमले गाएको मतिना या स्वाँ अर्थात प्रेमको फूल गीतको भिडियो विश्वव्यापी रिलिज भएको हो।

नेपाली भाषामा समेत गीतको वोल क्याप्सन हेर्न पाइने यस गीतको भिडियो गजबै बनेको छ। सोनम पाख्रिनको निर्देशन तथा विजेश पौडेलको सम्पादन रहेको यस गीतको भिडियोमा कमेडियन–शोका ख्यातिप्राप्त अभिनेता सन्दिप र करुणाको विशेष अभिनय रहेको छ।

हंगकंगमा नेपालका उस्ताद कृष्णभक्त महर्जन गायिका छोरी सोनम महर्जनका साथमा ।

 

गीतको शव्द तथा संगीत विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको रहेको छ। नेपालीहरुको महान पर्व दशैंको अवसरमा यस गीतको भिडियोलाई रिलिज गरिएको हङकङवाट भिजन संसार डटकमलाई उस्ताद महर्जनले जानकारी दिएका छन्।

https://www.youtube.com/watch?v=-6V_nQIe1wM&feature=youtu.be&fbclid=IwAR2T1ljoGL7OXQ9c3bD-Tig45BlhVT_6u1SI7PoQg-v4HKRFeqhhm8iaDgA

प्रकाशन मिति–२०७६ साल असोज १३ गते सोमवार।