काठमाडौं। सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाबाट सम्बन्धन प्राप्त काठमाडौं स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले अभिमुखिकरण तालिम दिएको छ।

त्यहा अध्ययनरत ४० जना विधार्थीहरुलाई होटल ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको हो। सेफ एशोसियसन अफ नेपालका अध्यक्ष सेफ श्रीराम अधिकारीको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त अभिमुखिकरण तालिमका क्रममा विधार्थीहरुलाई किचेन, हाउस किपीङ, फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस, हस्पिटालिटी इङ्लिश, ब्यक्तित्व विकास लगायतका विषयमा प्रशिक्षण दिईएको थियो।

त्यस्तै, एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टका अध्यक्ष राजेन्द्र प्रसाद त्रिपाठीले हस्पिटालिटी म्यान्जेमेण्टको कोर्ष अध्ययन पस्चात हासिल हुने शिपले रोजगारीको लागि त्यसै भौतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त इन्स्टिच्युटबाट पास आउट भएका अधिकांश बिद्यार्थीहरुले स्वदेश एबम विदेश स्थित स्तरिय होटल एबम रेस्टुराहरुमा रोजगारी पाएको खुलासा गरेका छन्। उक्त इन्स्टिच्युटमा पिडिएचएम सम्बन्धी ६ महिने कोर्षको पठन पाठन हुँदै आएको छ।


(राजु भट्टको रिपोर्टको आधारमा।)
प्रकाशन मिति–२०७६ साल असोज १६ गते विहीवार ।