काठमाडौं। बडा दशैंको बेला नेपालका आकाशमा उड्ने चंगाहरु केही वर्षदेखि हराउन थालेको छ। फाट्टफुट्ट वाहेक आकाशमा चंगा नै देखिन छाडेको छ।

रंगीचंगी चंगाहरु उडाउने र त्यो उडेको चंगामा रमाउने जमात नै हराएको जस्तो भान अघिल्ला दशैंमा जस्तै यो दशैंमा पनि भएको छ। काठमाडौंका आकाशमा त चंगा कमै मात्र उडेको पाइएको छ। अझ कतिपय स्थानका आकाशमा देखिन पनि छाडेको छ।

चंगा चैट गरेर कम्पिटिसन गर्ने युवा जमात धेरै भन्दा धेरै परदेशिएको कारण चंगा उडानमा कमी आएको हो कि भन्ने आशंका गरिएको छ। अर्कोतर्फ नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गीको भनाइलाई पैंचो लिएर भन्ने हो भने, चंगा उडाउने जमात इन्टरनेटमा झुमेको कारण हो।

चंगा उडाउनुको सट्टा फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा नयाँ तथा युवा पुस्ता सवै झुम्न थालेको कारण दशैंमा चंगा उडाउने जमातको कमी भएको ठहर नायिका आराध्यलक्ष्मी खड्गीको रहेको छ।

पहिला पहिला दशैंमा मनोरञ्जनको साधन चंगा उडाउनु वाहेकको विकल्प थिएन भने, यतिखेर भने इन्टनेटको कारण रमाइलो गर्ने धेरै सहज माध्यम भएको कारण चंगा उडाउनेतिर खासै ध्यान प्रायको कमी हुंदै गएको हो।

आकाशमा चंगा नउडेको संवन्धमा छोटो भिडियो रिपोर्ट–

प्रकाशन मिति–२०७६ साल असोज २० गते सोमवार ।