काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोवाइल वोक्ने सवै पत्रकार भएको धारणा व्यक्त गरेका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूको तेश्रो महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनवाट वोल्दै मेयर शाक्यले मोवाइल वोक्ने सवै पत्रकार भएको धारणा व्यक्त गरेका हुन्।

सञ्चारको सशक्त माध्यम मोवाइलवाट सहज र सरल रुपमा सवै पत्रकार बन्न सफल भएको र उनीहरुले आफ्ना धारणा तथा अवधारणाहरु मोवाइलको माध्यमवाट सामाजिक सञ्जालहरुमा राख्न पाइरहेको मेयर शाक्यले उल्लेख गरेका छन्। जसलेगर्दा आफूपनि एक पत्रकार जस्तो महशुश भएको उदाहरण पनि पेश गरेका छन्।

प्रविधिले ल्याएको महत्वपूर्ण सरलताले सवैलाई सहज बनाएको बताउंदै मेयर शाक्यले पत्रकारहरुमा पहिलाको तुलनामा धेरै जिम्मेवारी तथा दायित्व आएको खुलासा गरेका छन्। विशेषत पत्रकारितामा अर्गानिकता चाहिने र अर्गानिकताले सही पत्रकारिता गर्ने मेयर शाक्यको धारणा रहेको छ।

अर्कोतर्फ, नेपालमा दुईधारको पत्रकारिता मौलाइरहेको अवधारणा राख्ने कार्य पनि मेयर शाक्यवाट भएको छ। जसमा मिसन पत्रकारिता र व्यावसायिक पत्रकारिता रहेको छ। नेपाली कांग्रेसको मुखपत्रले अवश्य पनि मिसन पत्रकारिता गरिरहेको हुन्छ। त्यस्तै नेकपाको मुखपत्रले पनि त्यस्तै मिसन पत्रकारिता गरिरहेको हुन्छ।

मिसन पत्रकारिताले व्यक्तिगत तथा संस्थागत हितको लागि मात्र कार्य गरेको हुन्छ भने, व्यावसायिक पत्रकारिताले समस्त समाज र देशको हितको लागि कार्य गरिरहेको जिकिर मेयर शाक्यले गरेका छन्। आजको आवश्यकता भनेको मेयरलाई खुइल्याउने तथा मेयरलाई असफल बनाउने जस्ता मिसन पत्रकारिताको आवश्यक नभएको र समाज तथा देशको हितको लागि गरिने व्यावसायिक पत्रकारिता आवश्यक भएको पनि मेयर शाक्यले जिकिर गरेका छन्।

यसमा पत्रकारहरुको ठूलो जिम्मेवारी छ। समाचार कसरी पस्कने पत्रकारको अधिकार हो। त्यो अधिकारसंगै पत्रकारको पनि दायित्व पनि त्यतिकै हुने गरेको पनि मेयर शाक्यले भनेका छन्।

प्रकाशन मिति–२०७६ साल मंसीर १ गते आइतवार ।