काठमाडौं। बहुमुखी प्रतिभाका प्रतिभावान कलाकार स्वतन्त्र संसार महर्जनको आयोजनामा नेपालभाषाको बृहत अवार्ड रहेको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ हुने भएको छ।

अवार्ड हुने पूर्वसन्ध्यामा अघिल्लो शनिवार अवार्डको प्रमोसनल मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको हो। ललितपुरको खोकना स्थित ज्ञानोदय बालबाटिकाको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा टीम–सीको विजयी भएको थियो।

रमाइलो पिकनिक नै मनाएर आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलमा टीम–बी र टीम–सी वीच फाइनल भएको थियो। राष्ट्रिय खेलकुद परिषदका सदस्य मनोज खड्गी देखि ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रविन्द्र महर्जन,ज्ञानोदय स्कुलका सह-प्रधानाध्यापक भानु आचार्य, समाजसेवी-वरिष्ठ छाँयाकार, खेलाडी प्रशिक्षक महासंघका महासचिव स्वयम्भू राज डगोल, सुमेरु हस्पिटलका कार्यकारी सचालक रमेश महर्जन साथमा रबिन्द्र शाही, योङ कमेडी किङ यमनकृष्ण श्रेष्ठ समेतको सहभागितामा विजयी तथा उपविजयी टीमका सवै कलाकारहरुलाई ट्रफी तथा प्रमाण–पत्र प्रदान गर्ने कार्य भएको थियो।

कार्यक्रममा आयोजक संसार क्रियशन्सका प्रमुख कार्यकारी निर्देशक स्वतन्त्र संसार महर्जनले फुटबल खेल हार–जीतभन्दा अवार्डको कार्यक्रमको प्रमोसनल प्याकेजको रुपमा खेलको आयोजना गरिएको बताए।

प्रमुख कार्यकारी निर्देशक महर्जनले यो पुष महिनाभित्र नै नेपालभाषाको सर्वाधिक विधामा अवार्ड प्रदान गरिने पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो २०१९ अवार्ड हुने जानकारी दिएका छन्। जसको केही दिनअघि मात्र टप–टेन सार्वजनिक भैसकेको छ।

प्रकाशन मिति–२०७६ साल पुष १ गते मंगलवार ।