काठमाडौं। भाषा, जाति, धर्म र राजनीति भन्दा माथि रहेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान अभियानमा लागेको हामी नेपाली ग्लोबलको मलेसिया च्याप्टरले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने भएको छ।

हामी नेपाली मलेसिया राष्ट्रिय समितिले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्धेश्यले जनवरी १ तारिखमा जोहोरको मलेसियामा “हामी नेपाली मलेसिया कप, मैत्रीपूर्ण फुटबल प्रतियोगिता–२०२०” हुने भएको हो।

मलेसियामा रहेका नेपालीहरूलाई एकजुट पार्ने मूल लक्ष्य तथा उद्देश्य बोकेको यस संस्थाले त्यस कार्यलाई अझ मजबूत बनाउन र सदस्यहरूमाझ सौहार्द्धता तथा मैत्रीपूर्ण भावना कायम गर्ने उद्देश्यले प्रथम पटक मलेसियाको जोहोरमा हामी नेपाली मलेसिया कप–२०२० गर्न लागेको हामी नेपाली ग्लोबल मलेसियाका लागि नेपाली कन्सुलर पासाङ लामाले बताएका छन्। प्रतियोगितामा बिजेता हुने समूहले शिल्ड तथा प्रमाण–पत्र पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक सुरेन आले मगरको भनाई छ।

कार्यक्रमको आम्दानीबाट हुन आएको बाँकी रकम यस हामी नेपाली मलेसिया राष्ट्रिय समितिद्वारा आपत्कालिन कोष र आगामी सामाजिक कार्यहरूका लागि खर्च सुरक्षित गरिने अध्यक्षः प्रकाश वाईवाले भनेका छन्।
प्रकाशन मिति–२०७६ साल पुस १२ गते शनिवार ।