वासिङटन डीसी। अमेरिकाको विश्वविख्यात नेपाली इभेन्ट म्यानेजमेन्ट ग्रुप आर एण्ड आर कंपनीले अमेरिकामा नयाँ बर्ष २०२० को अवसरमा अत्यन्त आकर्षक नेपाली ग्ल्यामर क्यालेण्डर प्रकाशनमा ल्याएको छ।

वासिङटन डीसी स्थित तन्दुरी नाइट फायर फक्समा आयोजित कार्यक्रममा सन् २०२० को नेपाली आकर्षक मोडलहरुको चित्ताकर्षक फोटोहरु संलग्न रहेको मनमोहक क्यालेण्डर सार्वजनिक भएको हो।

आर एण्ड आर ग्रुपका चेअरमेन रोशन पुरीका अनुसार, सन् २०१८ सालदेखि निरन्तर अमेरिकावाट नेपाली आकर्षक ग्ल्यामर क्यालेण्डर प्रकाशन गरिदैआएको छ। नेपाल तथा अमेरिकामा रहेका नेपाली मोडलहरुलाई समाहित गरेर नेपाली आकर्षक ग्ल्यामर क्यालेण्डर प्रकाशन गर्न थालेको यो तेश्रो प्रकाशन हो।

क्यालेण्डर प्रकाशनको तेश्रो बर्षको निरन्तरतामा नेपाली मोडलहरुलाई अमेरिका चर्चित बनाउन आफूले विशेष भूमिका निर्वाह गरेको दावी चेअरमेन पुरीले गरेका छन्।

क्यालेण्डर सार्वजनिक कार्यक्रममा नयाँ बर्ष २०२० आगमनको खुशीयालीमा भव्य बेली डान्स कार्यक्रमको आयोजना पनि आर एण्ड आर कंपनीले गरेको थियो। जसमा अमेरिकामा रहेका नेपालीहरुको बाँक्लो उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७६ साल पुस १६ गते बुधवार ।