काठमाडौं। ३ नंबर प्रदेशको नामांकरण तथा राजधानीका विषयमा पहिचानको सवालमा अन्तिम समयसम्म व्यापक पहल भएको खुलासा भएको छ।

पहिचानको मुददा तथा सवालको विषयमा ३ नंबर प्रदेशको नामांकरणको विषयमा नेपालमण्डल नामांकरणको लागि अन्तिम समयसम्म पहल भएतापनि १ सय १० सांसद रहेको ३ नंबर प्रदेशमा आफूहरु दुईजनाको पहल तथा आवाज निस्तेज बनेको यथार्थताको खुलासा ३ नंबर प्रदेशका लोकप्रिय सांसदव्दय डाक्टर अजयक्रान्ति शाक्य र राजेश शाक्यवाट भएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूको तेश्रो महाधिवेशनवाट नव–निर्वाचित केन्द्रिय पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा सांसदव्दयले पहिचानको मुददामा आफूहरु दुईजना सांसद मात्र भएतापनि पछिसम्म निरन्तर लडिरहने जिकिर गरेका छन्। पार्टीको व्हीप लगायतका विविध कारण सवैको स्वीकार्य नेपालमण्डल नामांकरण नभइकन बागमती भएतापनि नेपालमण्डलले कालान्तरमा स्थान पाउने अपेक्षा पनि दुई सांसदको रहेको छ।

पहिचानको कुरा गर्ने अनि पहिचानको सवालमा आवाज बुलन्द गर्दैआएका प्राय कसैले पनि नेपालमण्डल नामका विषयमा कुनैपनि आवाज बुलन्द नगरेको देखेर दुवै सांसदले आश्चर्य व्यक्त गरेका छन्। अर्कोतर्फ सांसद डाक्टर अजयक्रान्ति शाक्यले केपी शर्मा ओली यसअघि नौ महिने प्रधानमन्त्री हुंदा प्रधानमन्त्रीको विज्ञान–प्रविधि तथा संस्कृति सल्लाहकार आफू हुंदा आफूले किड्नी रोगीहरुको लागि निःशुल्क डायोलेसिस गर्न दिनुपर्ने पहल सफल भएको तथा अस्पतालका उपकरण खरिदमा १ प्रतिशत मात्र भन्सार लगाउनु पर्ने पहल पनि सफल भएवाट प्राय सवै अस्पतालमा सहजता आएको यथार्थताको खुलासा पनि पनि गरेका छन्।

यस्ता जनसवाल तथा जनसेवाको पक्षमा हरदम पहल गर्दैजाने जिकिर पनि सांसद डाक्टर शाक्यको रहेको छ। कार्यक्रममा नेवाःपत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्य, बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, केन्द्रिय पार्षद विराजकाजी राजेपाध्याय लगायतले ३ नंबर प्रदेशका लोकप्रिय सांसद डाक्टर अजयक्रान्ति शाक्य र राजेश शाक्यले दिएको योगदान तथा महत्वका वारेमा विवेचना गरेका थिए।


प्रकाशन मिति–२०७६ साल माघ ५ गते आइतवार ।