काठमाडौं। अभिनयका होनहार खानी नै भएका अभिनेता सुन्दर श्रेष्ठको नजरमा अभिनय गर्नुमात्र ठूला कुरा नभइकन यसलाई जीवन्तता दिन सक्नु ठूलो कुरो हो भनेका छन्।

भिजन संसार डटकमसंगको कुराकानीमा अभिनेता सुन्दर श्रेष्ठ आफू अभिनयको लागि जन्मेको कलाकार भएको प्रतिक्रिया व्यक्त गरेका छन्। केही दिनअघि मात्र नयाँ चलचित्र निम्ताको छायाँकन सकाएर पूर्वीनेपालवाट काठमाडौं आएका अभिनेता श्रेष्ठको यो चलचित्र निम्ता अभिनय करियरको अर्को टर्निङ प्वाइन्ट बन्ने पक्का भएको छ।

चलचित्र निम्तामा केन्द्रिय पात्रमा रहेका अभिनेता श्रेष्ठले लिडिङ रोल नै गरेका छन्। विसं.२०४४ सालवाट रंगमञ्चको नाटकवाट अभिनय यात्रा प्रारम्भ गरेका श्रेष्ठले त्यसपछि अभिनयवाट पलायन हुनु परेन। अविरल बग्ने नदीको प्रवाहजस्तै अभिनयमा निरन्तर बहदैआएका अभिनेता श्रेष्ठले त्यसपछि दर्जनौ दर्जना साना तथा ठूला पर्दाका चलचित्रमा विभिन्न भूमिकामा अभिनय गर्दैआएका छन्।

चित्कार, स्वाभिमान, मस्ती, हाम्रो जीवन साथी, मायाज बार, आगो–२, सकस हुंदै निम्तासम्म आइपुग्दा अभिनयको शिखरमा पुगिसकेका उनै अभिनेता सुन्दर श्रेष्ठको चलचित्र सकसले त उनीभित्रको अभिनयको गजबको खुवीलाई पस्कने कार्य भएको छ। पछिल्लो चलचित्र निम्तामा पनि उनीभित्रको त्यो खुवी मज्जाले हेर्न पाइने भएको छ।

प्रस्तुत छ, यिनै अभिनेता सुन्दर श्रेष्ठसंग भएको भिजन संसार डटकमको गौरबमय भिडियो वार्ता–

प्रकाशन मिति–२०७६ साल माघ ११ गते शनिवार ।