काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा सर्वाधिक पपुलर मत प्राप्त गर्ने नायिका रेजिना उप्रेतीको काम पनि व्यापक पपुलर बनेको छ।

संघकी बरिष्ठ उपाध्यक्ष पदमा कार्यरत नायिका रेजिना उप्रेतीको संयोजकत्वमा आयोजित फिल्म च्यारिटी प्रोग्रामवाट सर्वाधिक रकम संकलन भएको छ। नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ आयोजित चलचित्र दि कर्मा च्यारिटी–शो गत माघ १४ गते संपन्न भएको थियो।

त्यस च्यारिटी कार्यक्रमवाट नगद ४ लाख ३० हजार संकलन भएको संयोजक नायिका रेजिना उप्रेतीले भिजन संसार डटकमलाई बताएकी छन्। नायिका उप्रेतीका अनुसार, च्यारिटी प्रोग्रामको हल भाडा लगायतका खर्च कटाएर संघको कोषमा उक्त च्यारिटी प्रोग्रामवाट ३ लाख ८० हजार जम्मा भएको छ।

विभिन्न कार्यक्रम तथा सहयोगवाट हालसम्म भवन निर्माण तथा कलाकार कल्याण कोषमा लगभग ५५ लाख जम्मा भैसकेको जानकारी पनि नायिका उप्रेतीले दिएकी छन्।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको कुशल नेतृत्वमा संघ कलाकारहरुको हक, हित र अधिकारको लागि व्यापक क्रियाशील भैरकेको जिकिर पनि नायिका उप्रेतीको रहेको छ। रविन्द्र खड्का नेतृत्ववाटै नेपाल चलचित्र कलाकार संघको भवन निर्माण हुने दावी पनि नायिका उप्रेतीले गरेकी छन्।


प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।