काठमाडौं। स्वभाविक अभिनयकी धनी अभिनेत्री जोस्ना फुयाँल र अभिनेता रुपक फुयाँल वीचको प्रेममय बैबाहिक संवन्ध भएको पनि १७ बर्ष पुगेको छ। बैबाहिक संवन्धको १७ औं उत्सवलाई जोस्ना र रुपकले फरक ढंग अनि शैलीवाट शनिवार मनाएका छन्।

पुरानो त्यो यादलाई अझ ताजा बनाउन रुपकले दुई छोरी तथा एक छोरालाई साक्षी राखेर जोस्नाको सिंउदोमा सिन्दूर लगाइदिने कार्य भएको छ। कुनै तडक–भडक नगरिकन जन्मदिन तथा विवाह उत्सवका दिन दिनदुःखीहरुलाई सक्दो सहयोग गर्ने कार्य पनि दुवैवाट हुंदैआएको छ।

बैबाहिक जीवनको प्रेममय मायाबी उमंगमा हरदिन हरपल सकारात्मक सोच तथा सेवात्मक भाववाट जिन्दगीलाई अग्रता प्रदान गर्दैआएका जोस्ना र रुपकको बैबाहिक जीवनको सफलता भनेको नै दुवैको दुवैप्रतिको आस्था, विश्वास र समर्पण हो।

सधैं खुशी र रमाइलो मुडमा रहनुपर्ने दुवैको धारणा रहेको छ। कुनैपनि आँच तथा अवरोधवाट डराएर हट्ने नभइकन अगाडि बढे्र सामना गरेर लक्ष्य प्राप्ति गर्नुपर्दछ भन्ने दुवैको एउटै धारणा र सोच रहेको छ।


प्रकाशन मिति–२०७६ साल फागुन ४ गते आइतवार ।