काठमाडौं। सार्वजनिक शिक्षामा सबलिकरणको आवश्यकता र महत्वको विषयमा सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रम भएको छ। राष्ट्रिय युवा परिषदसंगको सहकार्यमा संकल्प विकास केन्द्र नेपालले सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रम गरेको हो।

सोमवार काठमाडौंको गणवहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षामा सबलिकरण हुनु आवश्यक भएको र पुरानो पद्धतिको शिक्षणमा सबलिकरण गर्न उत्प्रेरित हुने कार्यक्रम भएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर २२ का लोकप्रिय वडा अध्यक्ष चीनकाजी महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष महर्जनले सामुदायिक विद्यालयको शिक्षामा सबलिकरण नभएको कारण जतिसुकै सुविधा र सहयोग भएतापनि संस्थागत विद्यालयको तुलनमामा कमजोर भएको औल्याएका छन्।

अर्कोतर्फ सामुदायिक विद्यालयमा छोराछोरीलाई पढाउने अभिभावक, पढ्ने विद्यार्थी र पढाउने शिक्षकले गर्ब गर्न सक्ने वातावरण तयार पार्न सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रमले टेवा दिने वडा अध्यक्ष महर्जनको भनाइ छ।

त्यस्तैगरेर, आफ्नो जीवनको आफै डाक्टरको प्रणेता सामाजिक अभियन्ता, पूर्व प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, नेपाल आदर्श माध्यमिक विद्यालयका प्रधानाध्याम रविन्द्र रञ्जितकार र पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुण प्रसाद बैद्य सार्वजनिक शिक्षामा सबलिकरणको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा स्रोत व्यक्ति प्राध्यापक निर्मल बज्राचार्यले नेपाल आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको विद्यार्थी सञ्जाल निर्माण गर्न लगाएर कठिन विषयमा सहज तथा सरल ढंगमा अध्ययन र अध्यापन गर्न तथा गराउन सक्ने सबलिकरण शिक्षा प्रदान गरेका थिए।

घोकण्ठे अध्ययन र अध्यापनलाई परिमार्जित गरेर सरल तथा रमाइलो सहज ढंगवाट पढ्ने र पढाउने तौर–तरीका अभ्यास सहित शिक्षण सिकाइ कार्य प्राध्यापक बज्राचार्यवाट भएको थियो। जसमा विद्यार्थी तथा शिक्षकले अभिरुचिपूर्वक भाग लिएका थिए। कार्यक्रमको संयोजन तथा सञ्चालन सञ्चारकर्मी श्याम स्मृतले गरेका थिए।


प्रकाशन मिति–२०७६ साल फागुन ५ गते सोमवार ।