काठमाडौं। शिक्षा तथा शिक्षणमा बेला–बेलामा सबलिकरण अत्यन्त आवश्यक छ। सबलिकरणले सार्वजनिक शिक्षा प्रणालीमा सहजता र सरलता आउने गरेको तथ्यलाई सवैले अंगिकार गर्ने गरेको छ।

काठमाडौंको श्रीघःविहार नघलमा रहेको कुनैबेलाको सर्वोत्कृष्ट सामुदायिक विद्यालय प्रभात माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रममो यसको आवश्यकता र महत्वलाई उच्च–प्राथमिकता दिएको छ।

विद्यालयको सिकाइ प्रणालीमा सबलिकरण गर्नुको अलावा विद्यार्थीहरुको सञ्जाल तयार पारेर उनीहरुलाई सहज र सरल ढंगवाट अध्ययन गर्ने तौर–तरीका व्यावहारिक रुपमा सिकाउने कार्य पनि भएको छ। जसमा प्रभात माध्यमिक विद्यालयमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको अलावा शिक्षक–शिक्षिका तथा अभिभावकहरुको पनि अभिरुचिपूर्वक उत्साहजनक उपस्थिति भएको पाइएको छ।

राष्ट्रिय युवा परिषदसंगको सहकार्यमा संकल्प विकास केन्द्र नेपालले उक्त कार्यक्रमको आयोजना भएको हो। प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश्वरमान श्रेष्ठको सभापतित्वमा भएको सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रमको प्रमुख आतिथ्यता सोही विद्यालयमा ४० बर्ष लामो शिक्षासेवा गरिसकेका पूर्वप्रधानाध्यापक तथा दीर्घ शिक्षासेवी ८१ बर्षिय नातिकाजी महर्जनले गरेका थिए।

सामाजिक अभियन्ता प्रकाश कुइँकेल, काठमाडौं महानगरपालिका वडा नंबर २५ का लोकप्रिय वडा सदस्य डार्विन श्रेष्ठ र नेपाल शिक्षक संघ काठमाडौं जिल्लाका अध्यक्ष रविन महर्जनको विशेष आतिथ्यता रहेको थियो। त्यस्तैगरेर, कार्यक्रममा सोही विद्यालयमा अध्ययन गरेर विभिन्न क्षेत्रमा सबलतापूर्वक आफ्नो स्थान जमाइरहेका पूर्वविद्यार्थीहरु भुवन श्रेष्ठ, इन्द्रमान महर्जन, डेविड श्रेष्ठ, भोला महर्जन, शंखमान महर्जन, गंगा–जमुना श्रेष्ठ, दुर्गा महर्जन लगायतको विशेष आतिथ्यता रहेको थियो।

स्रोत व्यक्ति प्राध्यापक निर्मल बज्राचार्यले सार्वजनिक शिक्षामा सबलिकरणका विभिन्न गतिविधि संचालन गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सचेतना दिने कार्य गरेका थिए। सामुदायिक विद्यालयमा पढे्र तथा पढाएर गर्ब गर्ने प्रशस्त आधार तयार पारेर सबलिकरण गर्न मदत गरेका थिए। कार्यक्रमको सञ्चालन तथा संयोजन सञ्चारकर्मी श्याम स्मृतवाट भएको थियो।


प्रकाशन मिति–२०७६ साल फागुन ६ गते मंगलवार ।