ललितपुर। कला तथा कौशलको प्राचिन शहर ललितपुरमा शरीरमा ट्याटु खोप्ने कलाकारहरुको पनि शहर हो भनेर चिनाउनका लागि ललितपुर ट्याटु कन्भेन्सनको आयोजना गरिन लागेको छ।

ललितपुुरका जुझारु तीन युवाहरु पूनम थापा, विजेन्द्र बज्रचार्य तथा रुपेन्द्र बैद्यको आयोजनामा ललितपुर ट्याटु कन्भेन्सन हुन लागेको हो। ललितपुरको नखीपोटस्थित बांस्केटबल ग्राउण्डमा आगामी मार्च ६ र ७ का दिन ललितपुर ट्याटु कन्भेन्सनको आयोजना हुन गैरहेको जानकारी तीन आयोजक मध्येकी एक पूनम थापाले भिजन संसार डटकमलाई जानकारी दिएकी छन्।

यस ललितपुर ट्याटु कन्भेन्सनमा ललितपुरका अग्रज देखि कनिष्ट ट्याटु मास्टरहरुले अन द स्पट ट्याटु कला देखाउने भएको छ। ३० भन्दा बढी ट्याटु मास्टरहरुको सहभागिता हुने भएको छ। अग्रज ट्याटु मास्टरलाई विशेष सम्मान पनि प्रदान गरिने भएको छ। साथमा पप गायक सविन राई लगायतको सांगीतिक प्रस्तुति पनि राखिएको जानकारी पनि थापाले दिएकी छन्।
प्रकाशन मिति–२०७६ साल फागुन ११ गते आइतवार ।