काठमाडौं। सुन्दरी गायिका स्वेता उप्रेतीको पछिल्लो गीत सार्वजनिक भएको छ। गायिका स्वेता उप्रेतीको तिमिनै भनिदेउ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

Mr. Dol Prasad Dahal- Vetran Auditor & Popular Lyirist of Nepal

डिलाईडेड नेपाल युटुब च्यानल मार्फत उक्त म्युजिक भिडियो बजारमा आएको जानकारी गीतकार डीपी परिश्रमीले भिजन संसार डटकमलाई दिएका छन्। गीतकार परिश्रमीका अनुसार, उक्त गीतमा भुषण खरेलको गीत रचना तथा सुरेश अधिकारीको संगीत रहेको छ। भिडियोमा लोकप्रिय नंबरी नायिका प्रियंका कार्की र अभिनेता निरज बरालको दमदार अभिनय रहेको छ।

पुरुपोतम प्रधानको छांयांकन तथा प्रकाश तुलाधरको सम्पादन रहेको सो भिडियोलाई निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका हुन। प्रियंका कार्की र निरज बरालले सबैको जवानीको याद दिलाउने जोडदार आकर्षक अभिनय गरेको भनाई पनि गीतकार परिश्रमीको दावी रहेको छ।

प्रकाशन मिति–२०७६ साल फागुन १४ गते बुधवार ।