काठमाडौं। काठमाडौंको शान तथा गौरबको रुपमा रहेको काष्ठमण्डप यतिखेर पूर्नरनिर्माणको क्रममा रहेको छ। काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यका अनुसार, काष्ठमण्डपको पूर्नरनिर्माण कार्य ५५ प्रतिशत संपन्न भैसकेको छ। बाँकी काम पनि धमाधम भैरहेको छ।

विसं.२०७२ साल बैशाख १२ गते विहान ११.५६ बजे आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काष्ठमण्डपमा त्यो बेला रक्तदान कार्यक्रम भैरहेको थियो। विहान १० बजेवाट प्रारम्भ भएको रक्तदान कार्यक्रममा त्यो बेलासम्म करिब ३५ जनाले रक्तदान गरिसकेको रक्तदान कार्यक्रमका संयोजक तथा ब्लोदानका सचिव विष्णुराज श्रेष्ठले भनेका छन्।

भिजन संसार डटकमसंगको विशेष कुराकानीमा रक्तदान कार्यक्रमका संयोजक श्रेष्ठ आफूपनि त्यससमय काष्ठमण्डपभित्र रक्तदान कार्यक्रममा ब्लड बैंकका कर्मचारी लालमाया गुरुङसंग कुराकानी गरिरहेको अवस्था रहेको बताउंछन्। अचानक धर्ती नै हल्लिन थालेपछि आफू आतिएर त्यहाँवाट उफ्रेर सिंहसतल पुगेको र त्यससमय आफ्नो आँखा अगाडि नै काष्ठमण्डप गर्लम्म ढलेर ३० सेकेण्ड अगाडि मात्र कुरा गर्दैगरेकी लालामाया गुरुङ लगायतको दुःखद निधन भएको त्यो कहालिलाग्दो अवस्थालाई बर्णन गर्न कठिन भएको श्रेष्ठ सुनाउंछन्।

श्रेष्ठका अनुसार, उक्त दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने आयोजक निम्बस बचत तथा ऋण सहकारी संस्थाका सदस्य चन्दन श्रेष्ठ काष्ठमण्डपभित्र पुरिएको र र सोहीदिनको राति एक विदेशीले आठ घण्टापछि चन्दनको उद्धार गरेका थिए। त्यतिधेरै कहालिलाग्दो अवस्थामा काष्ठमण्डपमा पुरिएका चन्दनको अवस्था अत्यन्त नाजुक बनेको थियो। जसवाट रिकभर हुन चन्दनलाई धेरै समय लागेको थियो। त्यस्तैगरेर, रक्तदान गर्दैगरेका मजिपातका लाखे लक्ष्मण रञ्जितको श्रीमान–श्रीमतीले रक्तदान गरिरहेकोमा श्रीमतीको निधन भयो। लक्ष्मण रञ्जित गंभीर घाइते बने। सानुमाया कपालीको पनि निधन भयो। दुईजना मानन्धर प्रेमी–प्रेमिकामा प्रेमीको निधन भयो भने, प्रेमिका वाँच्न सफल भएको थियो।

रक्तदान नभएको भए, धेरैजनाको ज्यान जाने थियो। रक्तदानको कारण काष्ठमण्डप खाली नै गरेर कार्यक्रम गरेको कारण थोरै मात्र परेको श्रेष्ठको दावी रहेको छ। भन्न र सुनिनमा काष्ठमण्डप भत्किदा ५२ जनाको निधन भएको भनिएतापनि यथार्थमा १८ जनाको मात्र देहान्त भएको हुनुपर्ने अनुमान श्रेष्ठको रहेको छ।

महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डप पूर्नरनिर्माणमा पनि विशेष सहयोगी बन्दैआइरहेका श्रेष्ठ आफ्नो दोश्रो नयाँ जीवन नै भन्न रुचाउंछन्। काष्ठमण्डप ध्वंस्त हुंदा बचेर नयाँ जिन्दगी पाएका ब्लोदानका सचिव समेत रहेका श्रेष्ठ यतिखेर समाजसेवामा नै व्यस्त बनिरहेका छन्।

ब्लोदान मार्फत रक्तदानको महाअभियानमा व्यस्त यिनै समाजसेवी विष्णुराज श्रेष्ठसंग भएको भिजन संसार डटकमको भिडियो अन्तरवार्ता–

प्रकाशन मिति–२०७६ साल फागुन १५ गते विहीवार ।