काठमाडौं। नेपालमा भारतका विश्वविख्यात नायक सलमान खानलाई हिट बनाउने अरु कोही नभइकन नेपाली चलचित्रकर्मी गोपाल कायस्थ नै हुन। चलचित्रकर्मी गोपाल कायस्थले ३९ बर्षअघि नेपालमा सलमान खानलाई हिट बनाएका थिए।

त्यो बेला अर्थात विसं.२०३७ सालतिर भारतवाट सलमान खान अभिनित पहिलो चलचित्र मैने प्यार कियाको डिस्ट्रिव्युसन राइट खरिद गरेर उक्त चलचित्रलाई नेपालमा चलाउने कार्य गोपाल कायस्थवाटै भएको हो। गोपाल कायस्थले राजश्री कंपनीव्दारा निर्मित सलमान खान अभिनित पहिलो चलचित्र मैने प्यार कियाको नेपाल डिस्ट्रिव्युसन राइट खरिद गरेर उक्त चलचित्रलाई नेपालमा सुपरहिट बनाउने कार्य गरेका थिए।

नेपालका प्राय हलहरुमा महिनौ महिना प्रदर्शनको रेकर्ड राख्न सफल चलचित्र मैने प्यार कियावाटै सलमान खान सुपरहिट बनेको हो। यसहिसावले नेपालमा सलमान खानलाई ल्याउने र उनलाई सुपरहिट बनाउने श्रय गोपाल कायस्थलाई नै जाने गर्दछ। त्यसपछि पनि धेरै भारतीय फिल्मको नेपाल राइट खरिद गरेर नेपालमा हिट बनाएका गोपाल कायस्थले त्यसपछि भने, नेपाली चलचित्रमा पनि हात हालेका थिए।

सयौं नेपाली चलचित्रको डिस्ट्रिव्युसन गरेर नेपाली चलचित्रका निर्माताहरुलाई मालामाल बनाएका गोपाल कायस्थ अझैपनि नेपाली चलचित्रको मार्केट नविग्रेको दावी गर्छन्। विश्वभर फैलिएको कोरोना भाइरसको असरको कारण अलि समस्या पारेतापनि नेपाली चलचित्रको मार्केट नविग्रेको जिकिर गर्छन्।

एक से एक नेपाली चलचित्रको डिस्ट्रिव्युसनको अलावा चलचित्र पराईघर देखि नेपाली चलचित्रको निर्माणमा समेत हात हालेका गोपाल कायस्थले हालसम्म तीसभन्दा बढी चलचित्रको निर्माण गरिसकेका छन्। कुनैबेला नेपालको टप सिनेमा हल रञ्जना सिनेमा हलको म्यानेजर बनेर नेपाली चलचित्रको प्रमोसन गर्ने कार्य गर्दैआएका गोपाल कायस्थले हाल काठमाडौंको कोटेश्वर स्थित पुष्पाञ्जली सिनेमा हल संचालन गर्ने कार्यपनि गर्दैआएका छन्।

यिनै नेपाली चलचित्रकर्मी गोपाल कायस्थसंग भिजन संसार डटकमले गरेको भिडियो अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ–

प्रकाशन मिति–२०७६ साल चैत्र ४ गते मंगलवार ।