काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिदैगएको कोरोनाभाइरसका कारण कुनैपनि विचलित नभइकन औषधि पसलको व्यवसायलाई नियमितता र निरन्तरता दिन नेपाल औषधि व्यवसायी संघले अपिल गरेको छ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले प्रेस वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसलाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन्। अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागिसमेत संघ तयार रहेको बताएका छन् ।

साथै, व्यवसायीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्।

यो कठिन घडीमा औषधि व्यवसायीहरु हतोत्साहित नभइकन संयमतापूर्वक औषधि व्यवसायलाई निरन्तरता दिन र आवश्यक सेवा प्रदान गर्न आफूहरु तयारी अवस्थामा रहेको जानकारी संघका सदस्य तथा औषधि व्यवसायी प्रशान्त मानन्धरले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १० गते सोमवार ।