काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कोरोनाभाइरस विरुद्धको विविध अभियान भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुंडालदेवीको आयोजनामा विश्वभर महामारीको रुपमा फैलिदैरहेको कोरोनाभाइरस विरुद्ध विविध अभियान भएको हो।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ का प्राय सवै टोलहरुमा डिस्इन्फेक्सन स्प्रे अर्थात किटनाशक औषधि छर्कने कार्य भएको जानकारी लोकप्रिय वडा सदस्य दिनेश महर्जनले भिजन संसार डटकमलाई दिएका छन्। वडा सदस्य महर्जनका अनुसार, वडामा आवश्यक राहत सामाग्री लगायत वितरण गर्ने कार्य भैरहेको छ।

त्यसको अलावा शहरी समस्या भनेको घरको चुल्हो बाल्न आवश्यक खाना पकाउने ग्याँसलाई सहज रुपमा उपलव्ध गराउन आवश्यक कार्य गरिरहेको जानकारी पनि वडा सदस्य महर्जनले दिएका छन्। आयोजक सामुदायिक सेवा केन्द्र टुंडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले टुंडालदेवी मन्दिर परिसरमा सुरक्षित रुपमा सर्वसाधारणलाई स्यानिटाराइज माक्स २ सय ५० थान निःशुल्क वितरण गरेको बताएका छन्।

महानगरीय प्रहरी वृत कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरतबाबु बिकले लकडाउनको छैठौ दिनमा नेपाल प्रहरीले लकडाउन उलंघन गर्नेहरुलाई दुई घण्टा होल्ड गरेर सामाजिक सचेतना दिएको व्यापक प्रभावकारी भएको बताएका छन्। कोरोनाभाइरस महामारीलाई रोक्न नेपाल प्रहरी अत्यन्त क्रियाशीलपूर्वक कर्तव्यमा लागेको जानकारी पनि प्रहरी नायक उपरिक्षक बिकले भनेका छन्।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुंडालदेवीकी प्रहरी सहायक निरिक्षक कल्पना थापाका साथमा प्राज्ञिक विद्यार्थी परिषद नेपालका देवराज रिजाल लगायतको सहयोग रहेको थियो।

 

प्रकाशन मिति–२०७६ साल चैत १६ गते आइतवार ।