काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा विपन्न ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्य भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको पहलमा राहत वितरण गर्ने कार्य भएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर ४ कार्यालयवाट प्राप्त खाद्यान्न सामाग्रीलाई सामुदायिक प्रहरी सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक कल्पना थापा (धमला) को कमाण्डमा सातजना विपन्न ज्यालादारी मजदुरहरुलाई वितरण गरिएको छ।

जसमा विशेषत काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कवाडी बटुलबाटुल गरेर ज्याला मजदुरी गर्दैआएका विपन्न सातजना मजदुरहरुलाई उक्त राहत प्रदान गरिएको छ। त्यस राहत पाउने विपन्न मजदुरहरुमा राजु परियार, सुनिल तामाङ, राजकुमार मोक्तान, शरण तामाङ, रविन देउला, लक्ष्य सुर्खेती र जितवहादुर तामाङ रहेका छन्।

लकडाउनको अवधिभर दैनिक रुपमा वडा कार्यालयले राहत वितरण हुने जानकारी प्रहरी सहायक निरीक्षक कल्पना थापा (धमला) ले भिजन संसार डटकमलाई बताएकी छन्।

त्यसैगरेर, सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले काठमाडौं महानगरपालिका वडा नंबर ४ का स्थानीयवासिन्दाहरुका लागि आवश्यक खाना पकाउने ग्याँस उपलव्ध गराउने कार्यमा पनि विशेष सहयोग र पहल गरेको जानकारी पनि प्रमुख प्रहरी सहायक निरीक्षक कल्पना थापा (धमला) ले बताएकी छन्।

प्रकाशन मिति–२०७६ साल चैत १७ गते सोमवार ।