काठमाडौ। काठमाडौं महानगरपालिका वडा नंबर ४ को गौरब तथा शानका रुपमा रहेको मन्दिर टुँडालदेवी मन्दिर हो। ऐतिहासिक महत्व र धार्मिक विश्वास रहेको टुँडालदेवी मन्दिर परिसर पछाडि रमणीय टुँडालदेवी पार्क निर्माण भएको छ।

जुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी काठमाडौं महानगरपालिका वडा नंबर ४ का लोकप्रिय वडा सदस्य दिनेश महर्जनले भिजन संसार डटकमलाई बताएका छन्। वडा सदस्य महर्जनका अनुसार, काठमाडौं महानगरपालिकाको २० लाखको बजेटमा ऐतिहासिक टुँडालदेवी  पार्क निर्माण भैरहेको छ।

यस रमणिय पार्कमा कुनैबेला यहाँका स्थानीय वासिन्दाको दाहसंस्कार गर्ने स्थानलाई पनि प्रतिकका रुपमा सुरक्षित राखिएको छ। जुन स्थानमा काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित भाटभटेनी त्यहाँ बैष्णवी जात्राको बेला ल्याइने क्रममा एकक्षण त्यहाँ विसाएर टुँडालदेवी मन्दिरमा राखिने गरेको छ।

यो बर्ष चैत २६ गते बैष्णबी देवी अर्थात टुँडालदेवीको जात्रा रहेको छ। बैष्णवी देवी कोषका अध्यक्ष समेत रहेको वडा सदस्य महर्जनले लकडाउनका कारण यो बर्ष बैष्णवी जात्रा नहुने जनाउ दिएका छन्।

तरपनि, परम्परागत पूजापाठ भने हुने भएको छ। टुँडालदेवी मन्दिरलाई व्यवस्थित रुपमा सुन्दर र रमणिय स्थानको रुपमा परिवर्तन गर्न पनि काठमाडौं महानगरपालिका वडा नंबर ४ कार्य गरिरहेको वडा सदस्य महर्जनले बताएका छन्।

टुँडालदेवी मन्दिर रमणिय पार्क निर्माण पश्चात बालबच्चा देखि ज्येष्ठ नागरिकसम्म केही समय तथा पल त्यहाँ रमाउन पाउने भएको छ। जुन अनुपम पार्कका रुपमा चाँडै नै बन्ने भएको छ।

प्रकाशन मिति–२०७६ साल चैत १८ गते मंगलवार ।