काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाभाइरस संक्रमणविरुद्ध लड्न नेपाल सरकारले बनाएको कोरोनाभाइरस उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्। पूर्वराजा शाहले मंगलबार प्रेस वक्तव्यमार्फत २ करोड सहयोग आफ्नी बुहारी अध्यक्ष रहेको हिमानी कोष मार्फत प्रदान गर्न दाखिला गरेको घोषणा गरेका हुन।

दुःख–कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै आफ्नातर्फवाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गर्न बुझाएका छौं भनेर विज्ञप्तिमा पूर्वराजा शाहले भनेका छन्। पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

पूर्वराजा शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गर्नपनि सवैलाई अनुरोध गरेका छन्।
मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति सम्वेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भैसकेको शाहको भनाइ छ ।
प्रकाशन मिति–२०७६ साल चैत १८ गते मंगलवार ।