काठमाडौं। नेपाली चलचित्रको इतिहासमा हालसम्मकै सर्वाधिक लगानी रहेको नेपालवाहिर बेलायतवाट निर्माण भएको चलचित्र पासवर्डको युट्युब च्यानलावाट पनि रिलिज भएको छ। गत भदौं २७ गतेवाट अलनेपाल तथा बेलायतमा गत २७ सेप्टेम्बरवाट रिलिज भएपछि युट्युब च्यानलवाट यसैहप्तावाट रिलिज भएको हो।

विना कम्प्रोमाइज हलिउड तथा बलिउडका फिल्मको दाँजोमा निर्माण भएको नेपाली चलचित्र पासवर्डको निर्देशक सम्राट बस्नेत हुन। एबी इन्टरनेशनलको ब्यानरमा निर्माता हिरल जोशी र अमित बस्नेतले गरेको यस चलचित्रको कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् ।

जसमा पूर्व पोर्नस्टार तथा हिन्दी फिल्मी सुपरस्टार हिरोइन सन्नी लियोनीको आइटम डान्स समेत रहेको यस चलचित्र पासवर्डका नायक विक्रम जोशी हुन्। विक्रम जोशीले ह्याप्पी डेज तथा हेल्लो जिन्दगी नामक दुई नेपाली चलचित्रमा स्वभाविक अभिनय गरेर सवैको मन जितिसकेका छन्। पासवर्ड हेर्नेहरुले पनि नायक जोशीको व्यापक तारिफ गर्ने गरेको पाइन्छ।

चलचित्र पासवर्डको आजको साम वोलको सनी लियोनी अभिनित गीतको कोरियोग्राफी बलिउड कोरियोग्राफर बिष्णु देभाले गरेका हुन्। विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा दुर्गा खरेलको स्वर छ। गीत लण्डनमा छायाँकन गरिएको हो।

फिल्ममा बिक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, सनमकुमार बैराग, धीरेन शाक्य, एभरेष्ट सूर्य वोहरा, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ।

चलचित्र पासवर्डलाई हेर्न यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ–

https://www.youtube.com/watch?v=bx_Nmd6cEl8&feature=youtu.be&fbclid=IwAR2gM7D9H0nlPzwZ-seoSM_qyVA-QXVGps9a_yIiEAYKp40-U_baFD5j6ZE

प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते बुधवार ।